मिति: २१ फाल्गुन २०८२, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
निर्वाचन सुरक्षाबारे गृह मन्त्रालयको नियन्त्रण कक्षबाट चौबीसै घण्टा अनुगमन – Pradesh Dristhi
देश

निर्वाचन सुरक्षाबारे गृह मन्त्रालयको नियन्त्रण कक्षबाट चौबीसै घण्टा अनुगमन

काठमाडौँ । देशभर जारी प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा अवस्था चुस्त र प्रभावकारी रहेको गृह मन्त्रालयले जनाएको छ ।

निर्वाचनको सुरक्षा अवस्था जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल र  सचिव राजकुमार श्रेष्ठ लगायतका उच्च पदाधिकारीहरूले मन्त्रालयस्थित नियन्त्रण कक्ष (कन्ट्रोल रुम) को निरीक्षण गरेका छन् ।

बिहीबार केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरूले कन्ट्रोल रुममा गएर देशभरको निर्वाचन सुरक्षा अवस्थाबारे रिपोर्टिङ लिएका छन् । मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सञ्चालित नियन्त्रण कक्षबाट देशभरका निकायहरूबाट प्राप्त प्रतिवेदनका आधारमा वस्तुस्थितिबारे जानकारी लिएको गृह मन्त्रालयले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन २४ सै घण्टा शान्ति सुरक्षा अनुगमन, नियमन तथा समन्वयका लागि नियन्त्रण कक्ष सञ्चालन भइरहेको छ । एकीकृत सुरक्षा योजना अनुसार सुरक्षा समन्वय महाशाखाका प्रमुख आनन्द काफ्लेको संयोजकत्वमा गृह निर्वाचन सेल समेत सोही कक्षबाट सञ्चालन भइरहेको छ ।

निर्वाचन सुरक्षाको अवस्था सुदृढ रहेको र मतदानमा नागरिकहरूको उत्साहपूर्ण सहभागिता देखिएको मन्त्रालयकी सह–प्रवक्ता रमा आचार्य (सुवेदी)ले रातोपाटीलाई बताइन्।

गृहमन्त्री अर्यालले नियन्त्रण कक्षबाट निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन  सबै कर्मचारी तथा सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker