मिति: १६ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
अमेरिकी दिग्गज गायक निल सेडाकाको निधन – Pradesh Dristhi
देश

अमेरिकी दिग्गज गायक निल सेडाकाको निधन

वासिङ्टन डीसी । अमेरिकी दिग्गज गायक–गीतकार निल सेडाकाको निधन भएको छ । सन् १९६० र ७० को दशकमा दर्जनौँ हिट गीत दिएका चर्चित सेडाकाको ८६ वर्षको उमेरमा निधन भएको  हो ।

उनको परिवारले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आकस्मिक निधन भएको जानकारी दिएको छ । मृत्युको कारणबारे तत्काल कुनै विवरण सार्वजनिक गरिएको छैन ।

‘हाम्रा प्रिय पति, पिता र हजुरबुवाको असामयिक निधनले हामी स्तब्ध छौँ । उनी साँचो अर्थमा रक ‘एन’ रोलका किंवदन्ती मात्र होइन, असाधारण मान्छे पनि थिए’ परिवारले वक्तव्यमा भनेको छ । ब्रिल बिल्डिङ गीत–लेखन समूहका महत्त्वपूर्ण सदस्य सेडाकाले आफ्ना बाल्यकालका छिमेकी गीतकार हावर्ड ग्रिन फिल्डसँग मिलेर धेरै लोकप्रिय गीत सिर्जना गरेका थिए । उनका प्रसिद्ध गीतहरूमा ‘ब्रेकिङ अप इज हार्ड टू डू’, ‘लाफ्टर इन द रेन’ ‘ह्याप्पी बर्थडे स्वीट सिक्सटिन’, ‘क्यालेन्डर गर्ल’ आदि पर्छन् ।

एल्भिस प्रेस्लीपछि र बिट्ल्स अघिको सङ्क्रमणकालीन पप–रक युगमा उनले किशोर भावनालाई समेट्ने मधुर गीतहरू मार्फत ठुलो सफलता पाएका थिए । केही समय करिअर सुस्ताए पछि उनले १९७० को दशकमा ‘लाफ्टर इन द रेन’ र ‘ब्याड ब्लड’जस्ता हिट गीतमार्फत पुनरागमन गरेका थिए । उनको गीत ‘लभ विल किप अस टुगेदर’ लाई द क्याप्टेन एन्ड टेनिलले गाएर १९७५ मा चार्ट–टपर बनाएका थिए ।

ब्रुकलिनमा जन्मिएका सेडाका जुलियार्डद्वारा प्रशिक्षित संगीतकार थिए । ८० वर्ष पार गरेपछि पनि उनले नियमित कन्सर्ट गर्दै आएका थिए । उनी आफ्ना क्लासिक गीतहरू गाउन कहिल्यै थाकेनन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker