मिति: १६ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
तनहुँमा कालो झन्डा प्रकरण : मञ्जिल रानाले दिए स्पष्टीकरण – Pradesh Dristhi
देश

तनहुँमा कालो झन्डा प्रकरण : मञ्जिल रानाले दिए स्पष्टीकरण

तनहुँ । मगर दिवस कार्यक्रमका क्रममा देखिएको कालो झन्डा प्रकरणबारे उज्यालो नेपाल पार्टी तनहुँ–१ का उम्मेदवार मञ्जिल रानाले प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई शान्तिपूर्ण असहमतिको अभिव्यक्ति बताएका छन्

विज्ञप्तिमा युवाहरूले लोकतान्त्रिक अधिकार प्रयोग गर्दै असहमति प्रकट गरेको उल्लेख गरिएको छ। नागरिकलाई आफ्नो विचार शान्तिपूर्ण रूपमा व्यक्त गर्ने संवैधानिक हक रहेको र त्यसलाई सम्मान गर्नुपर्ने धारणा व्यक्त गरिएको छ।

उक्त कार्यक्रममा सहभागी रवि लामिछाने पक्षका केही समूहले परिस्थितिलाई अनावश्यक रूपमा तनावपूर्ण बनाएको आरोप पनि विज्ञप्तिमा गरिएको छ।  तथापि, मञ्जिल रानाले सबै पक्षलाई संयम र सहिष्णुता अपनाउन आग्रह गर्दै लोकतान्त्रिक मूल्य–मान्यताभित्रै राजनीतिक प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्

उज्यालो नेपाल पार्टीले शान्तिपूर्ण राजनीतिक संस्कृतिको पक्षमा रहेको र युवाहरूको आवाजलाई सम्मान गर्नुपर्नेमा जोड दिएको छ।

639203105_1545471643215441_7303293213001135863_n

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker