Uncategorized
नेकपा भोजपुरमा पहिरो, दर्जनौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

भोजपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भोजपुरका नेता–कार्यकर्ता धमाधम नेकपा (एमाले)मा प्रवेश गर्न थालेका छन् ।
आज मात्रै जिल्लाको रामप्रसादराई गाउँपालिका–६ कन्यदहमा बिन्द्र राई र पाण्डव राईको नेतृत्वमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा (एमाले)को तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका एमाले सचिव शेरधन राईले पार्टी प्रवेश गराएका हुन् ।
नेकपाबाट देश तथा जिल्लाले निकास नपाउने भन्दै एमाले प्रवेश गरेको उनीहरुले बताएका छन् । एमाले उम्मेदवार शेरधन राईको भोजपुर बदल्ने संकल्पलाई साथ दिन आफूहरु एमाले प्रवेश गरेको उनीहरुको भनाई छ ।
पाण्डव तत्कालीन माओवादी केन्द्र रामप्रसादराई गाउँपालिका वडा नं ६ का उपाध्यक्ष हुन् भने बिन्द्र वडा कमिटी सदस्य रहेका थिए ।



