मिति: १२ फाल्गुन २०८२, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
वीरगन्जको गहवा–रामटोलमा हरि पन्तलाई उत्साहजनक साथ, घरदैलोमा सयौंको सहभागिता – Pradesh Dristhi
मधेस प्रदेश

वीरगन्जको गहवा–रामटोलमा हरि पन्तलाई उत्साहजनक साथ, घरदैलोमा सयौंको सहभागिता

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला सभापति तथा पर्सा–१ का उम्मेदवार हरि पन्तलाई वीरगन्जको गहवा र रामटोल क्षेत्रमा स्थानीय बासिन्दाले उत्साहजनक समर्थन जनाएका छन्।

आज आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा सयौंको संख्यामा स्थानीयको उपस्थिति रहेको थियो।

गहवा र रामटोलबासीले घरघरबाट निस्केर पन्तलाई स्वागत गर्दै समर्थन जनाएका हुन्।

कार्यक्रमका क्रममा कतिपय स्थानीयले घर–घरबाट घण्टी बजाएर समर्थन व्यक्त गरेका थिए।

उम्मेदवार पन्तलाई विभिन्न घरमा टीका, माला तथा पुष्पगुच्छा प्रदान गर्दै शुभकामना र माया दर्शाइएको थियो।

स्थानीय बासिन्दाले यसपटक परिवर्तनको पक्षमा उभिने अठोट समेत व्यक्त गरेका छन्।

उक्त कार्यक्रम स्थानीय युवाहरु निरज गुप्ता, सुमित कादमिया, अबिनाश गुप्ता, विकास गुप्ता, छोट्टु साह, राजु साह, प्रदीप गुप्ता, दीपक कुश्वाह, आकाश गुप्ता, साहिल, अजय साह, करन साह, सन्तोष खेतान र रोशन खेतानलगायतको नेतृत्वमा सम्पन्न भएको जनाइएको छ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker