मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
वरिष्ठ मेकअप आर्टिस्ट अशोक रोकाको निधन – Pradesh Dristhi
अन्तर्राष्ट्रियताजा समाचारदेशमधेस प्रदेशमुख्य समाचारशिक्षासूचना / प्रबिधि

वरिष्ठ मेकअप आर्टिस्ट अशोक रोकाको निधन

काठमाडौं । वरिष्ठ मेकअप आर्टिस्ट अशोक रोकाको निधन भएको छ । उनको निधनमा चलचित्र प्राविधिक संघ र चलचित्र विकास बोर्डले छुट्टा-छुट्टै शोक वक्तव्यमार्फत दुःख व्यक्त गरेका छन् ।

विहिबार बेलुका घट्टेकुलोस्थित एक घरमा रोकाको निधन भएको जानकारी चलचित्र प्राविधिक संघका अध्यक्ष प्रेम भोम्जन पुष्कर लामाले दिए ।

रोकाको निधनले सम्पूर्ण नेपाली चलचित्र परिवारलाई स्तब्ध, मर्माहत र शोकाकुल बनाएको जनाइएको छ । रोकाले २०४० सालदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहँदै चार दशकभन्दा लामो समय योगदान दिएका थिए ।

उनले कलाकारलाई चरित्रअनुसारको जीवन्त साजसज्जा, भाव र रूप प्रदान गर्दै पर्दापछाडिबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उनले ‘ज्वाला’, ‘उत्ताल’, ‘अल्लारे’, ‘आफ्नो मान्छे’, ‘चाँदनी’, ‘अर्जुन’, ‘देवता’, ‘आदिकवि भानुभक्त’, ‘नासो’, ‘नाईं नभन्नू ल’, ‘चिनो’, ‘धर्मसङ्कट’, ‘मायाजबार’ लगायत एक सयभन्दा बढी चलचित्रमा काम गर्दै नेपाली चलचित्र उद्योगको विकास यात्रामा उल्लेखनीय योगदान दिएका थिए ।

रोकाले नेपाल टेलिभिजनको सिरियल ‘चक्रब्यूह’बाट मेकअप कलाकारको रुपमा काम गरेका थिए ।

रोकाले मेकअपलाई केवल पेशा नभई कला, साधना र श्रद्धाको विषयका रूपमा लिएका थिए । उनको अनुशासन, समर्पण र सिनेमा प्रतिको निष्ठाले नयाँ पुस्तालाई निरन्तर प्रेरित गर्दै आएको विज्ञप्तिमा जनाइएको छ ।

उनको निधनले नेपाली चलचित्र क्षेत्रले अनुभवी, सादगीपूर्ण र कर्तव्यनिष्ठ सर्जक गुमाएको उल्लेख गर्दै यसलाई अपूरणीय क्षति भनेको छ । साथै, दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त र सम्पूर्ण चलचित्रकर्मीमा गहिरो समवेदना व्यक्त गरेको छ ।

नेफ्टा अध्यक्ष पुष्कर लामाका अनुसार आज शुक्रबार दिउँसो १२ बजेदेखि १ बजेर ३० मिनेटसम्म अन्तिम श्रद्धाञ्जलीका लागि रोकाको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा राखिने भएको छ ।

अध्यक्ष लामाले अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन सबै चलचित्रकर्मीलाई आग्रह गरेका छन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker