मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
अर्थमन्त्रीसँग स्टक ब्रोकर एसोसिएसनले राख्याे ५ वटा माग – Pradesh Dristhi
देश

अर्थमन्त्रीसँग स्टक ब्रोकर एसोसिएसनले राख्याे ५ वटा माग

काठमाडौँ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पूँजी बजारमा देखिएका विद्यमान समस्याहरू समाधान गर्न अर्थमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । सोमबार स्टक ब्रोकर एसोसिएसनका महासचिव भक्तिराम घिमिरे नेतृत्वमा गएको एसोसिएसनको टोलीले सेयर बजारका सम्बन्धमा सुधारका लागि यस्तो ध्यानाकर्षण गराएको हो ।

एसोसिएसनले अर्थमन्त्री वाग्लेसमक्ष पाँच बुँदे माग समेत पेस गरेको छ । ५६ लाख लगानीकर्ता र ९२ वटा ब्रोकर रहेको वर्तमान अवस्थामा बजारको विकासका लागि एसोसिएसनले माग राखेको महासचिव घिमिरेले जानकारी दिए ।

सो क्रममा अर्थमन्त्री वाग्लेले मागहरू पूरा गर्न सरकार सकारात्मक भएको बताएका थिए । उनले यो सरकार २०४८ पछिकै उदार अर्थव्यवस्थाप्रति प्रतिबद्ध सरकार भएको भन्दै ढुक्क साथ लगानी गर्न आग्रह गरेका थिए ।

यस्ता छन् एसोसिएसनका माग 

१.पूँजीबजार सुधार कार्यदलले दिएका कार्यान्वयन हुन बाँकी सुझावहरू अविलम्ब कार्यान्वयनका लागि अनुरोध गर्दछौँ

२.बैंक तथा वित्तीय संस्थाहरूलाई सहज रूपमा पूँजीबजार प्रवेश र बाहिरिन सक्ने व्यवस्था अविलम्ब लागू गरिनुपर्ने। (हाल खरिद गरेको सेयर ६ महिनाको अवधि पश्चात मात्रै विक्री गर्न व्यवस्था रहेको

३.गैर आवासीय नेपाली नागरिकलाई पनि दोस्रो बजारमा सहज रूपमा सेयर कारोबार गर्ने व्यवस्था अविलम्ब गरिनुपर्ने।

४. यसै बजेट मार्फत पुँजीगत लाभकरलाई अन्तिम कर हो भनी प्रस्ट पार्नुपर्ने। बजारमा हाल साना लगानीकर्ताहरूको मनोबल बढाउनको लागि सरकारी संस्थानहरूमा विभिन्न कोषका नाममा रहेको रकमलाई दोस्रो बजारमा लगानी गर्न सहज रुपमा लगानी गर्ने वातावरण बनाइनु पर्ने।

५.बजारले धितोपत्र हस्तान्तरणको पूर्ण ग्यारेन्टी दिन नसकेको परिप्रेक्ष्यमा विक्री गरी धितोपत्र हस्तान्तरण गर्न नसक्दा सिधै क्लोज आउटमा लगिने व्यवस्थाले लगानीकर्ता मारमा पर्ने भएकाले यसलाई समाधान गर्न अक्सन मार्केटको यथाशीघ्र सुरुवात गरिनुपर्ने।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker