मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
१५ औँ महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व सुम्पिनुपर्छ : दीलेन्द्रप्रसाद बडू – Pradesh Dristhi
देश

१५ औँ महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व सुम्पिनुपर्छ : दीलेन्द्रप्रसाद बडू

काठमाडौँ । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टीमा एकता र रूपान्तरणका लागि १५औँ महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व सुम्पिनुपर्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै बडूले पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकसँग वर्तमान अवस्थामा पार्टीलाई थप बलियो, जिम्मेवार र एकताबद्ध बनाउनुपर्ने पक्षमा पहल गर्न आग्रह गरेका छन् ।

बडूले १४औँ महाधिवेशनको चार वर्षे कार्यकाल सकिएपछि २०८२ मङ्सिर भित्र १५औँ नियमित महाधिवेशन हुनुपर्ने भए पनि तत्कालीन नेतृत्वको असहमतिबिच विशेष महाधिवेशन गरिएको बताएका छन् । विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधता दिएपछि त्यसलाई चुनौती दिँदै सर्वोच्च अदालतमा मुद्दा परेको बडूले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन आफू लगायत अन्य नेताहरूले रुख चिन्ह र चार तारे झन्डा सहित सक्रिय सहभागिता जनाएको उनको भनाइ छ । यद्यपि, सङ्गठन भित्रका केही कमजोरी र मतदाताको परिवर्तनको चाहना अनुरूप निर्वाचन परिणाम नआएको तितो सत्यलाई स्वीकार गर्दै सभापतिले नैतिक जिम्मेवारी स्वीकार गरिसकेको उनको भनाइ छ ।

बडूले सर्वोच्च अदालतले पार्टीको आधिकारिकताका विषयमा गर्ने फैसला सबैले मान्नुपर्ने बताएका छन् । उनले निर्वाचनको कारण वा विशेष महाधिवेशन हुँदा नहुँदाको अवस्थाको काल्पनिक व्याख्यामा अलमलिएर समय खेर नफाल्न आग्रह गर्दै लोकतान्त्रिक उपलब्धिलाई बचाउन र नयाँ पुस्तालाई लोकतन्त्रको मार्गमा हिँडाउन कांग्रेस थप बलियो, जिम्मेवार र एकताबद्ध हुनुपर्ने लेखेका छन् । बडूले पार्टी एकताप्रति इमानदार सम्पूर्ण नेता, कार्यकर्ताहरूलाई १५औँ नियमित महाधिवेशनमा सहभागी भई पार्टीलाई सुदृढ, अनुशासित र एकताबद्ध बनाएर नयाँ पुस्तासम्म सुम्पने कार्यमा जुट्न अनुरोध पनि गरेका छन्।

662438261_2393814897805531_4604668755099508435_n

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker