देश
वर्षाले केही घटेको प्रदूषण फेरि बढ्यो

काठमाण्डौ — वर्षाले केही घटेको वायु प्रदूषण फेरि बढेको छ । अहिले काठमाण्डौको वायुको गुणस्तर मापन एक्यूआई १५० भन्दा माथि पुगेको छ । यसअघि बिहान वायुको गुणस्तर एक्यूआई सय भन्दा तल थियो ।
काठमाण्डौमा अहिले मधुरो घाम लागको छ । जसले गर्दा मौसम पूर्ण रुपमा सफा हुन सकेको छैन । आकाशमा हल्का तुवालो छ जसले प्रदूषण केही बढाएको छ ।
वायु गुणस्तर सूचकांक अनुसार ५० सम्म हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ ।
अन्तिम अपडेट: फागुन २९, २०८२



