प्रत्यक्षतर्फ ६० वर्ष माथिका ११ जनाप्रत्यक्षतर्फ ६० वर्ष माथिका ११ जनाले जिते प्रतिनिधिसभा सदस्य, कुन दलका कति जना ?ले जिते प्रतिनिधिसभा सदस्य, कुन दलका कति जना ?

काठमाडौँ । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६० वर्ष माथिका १० जना निर्वाचित भएका छन् ।
६० वर्ष माथि भएर निर्वाचन जित्नेमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएका ५ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भएका २ जना, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबाट १/१ जना र स्वतन्त्र उम्मेदवार १ जना रहेका उनीहरूले निर्वाचन आयोगमा उम्मेदवारी दिँदा भरेको फारममा देखिन्छ ।
कांग्रेसबाट जित्ने ६० वर्ष माथिकामा मनाङका टेकबहादुर गुरुङ, अछाम–१ का भरत स्वार, डोटीका भरतबहादुर खड्का, सोलुखुम्बुका प्रकाशसिंह कार्की र बाजुराका जनकराज गिरी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट जित्ने ६० वर्ष माथिकामा सप्तरी–४ बाट सिताराम साह, कपिलवस्तु–२ बाट विक्रमसिंह थापा र दाङ–१ बाट देवराज पाठक छन् ।
नेपाली कम्युनिस्ट पार्टीबाट जित्नेमा रुकुमपूर्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेबाट जित्नेमा दैलेख–२ बाट लक्ष्मीप्रसाद पोखरेल र स्वतन्त्र उम्मेदवार भएर म्याग्दीबाट जितेका महावीर पुन छन् ।
कांग्रेसबाट जितेका गुरुङ ७१ वर्ष, स्वार ७० वर्ष, खड्का ६८ वर्ष, कार्की ६२ वर्ष र गिरी ६० वर्षका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट जितेका साह ६५, थापा ६३ र पाठक ६० वर्षका छन् ।
नेपाली कम्युनिस्ट पार्टीबाट जितेका प्रचण्ड ७०, एमालेबाट जितेका पोखरेल ६३ र स्वतन्त्र उम्मेदवार बन्दै तिजेका पुन ७१ वर्षका भएका उनीहरूले निर्वाचन आयोगमा भरेको तथ्यांकमा उल्लेख छ ।
बाजुरामा कांग्रेस उम्मेदवार गिरीले १७ हजार १७३ मत ल्याएर निर्वाचित हुँदा एमालेका लालबहादुर थापा १६ हजार ६३३ मतसहित निकटतम प्रतिद्वन्द्वी भए । डोटीमा कांग्रेस उम्मेदवार खड्का १४ हजार ८९७ मतसहित विजयी हुँदा एमालेका दीपकबहादुर धामी १४ हजार ११० मतसहित दोस्रो भए । सोलुखुम्बुमा कांग्रेस उम्मेदवार कार्की १३ हजार १६६ मतसहित विजयी हुँदा नेकपाका अशिम राइ ९ हजार ४१४ मतसहित दोस्रो भए । अछाम १ मा कांग्रेस उम्मेदवार स्वार १० हजार ७५९ मतसहित विजयी हुँदा नेकपाका भीमबहादुर रावल १० हजार २३३ मतसहित निकटतम प्रतिद्वन्द्वी भए । मनाङमा कांग्रेस उम्मेदवार गुरुङ २ हजार ४१५ मतसहित विजयी हुँदा नेकपा उम्मेदवार यशोदा गुरुङ (सुवेदी) ४५४ मतसहित दोस्रो भइन् ।
सप्तरी ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार साह ३६ हजार ४१२ मत ल्याएर निर्वाचित हुँदा कांग्रेस उम्मेदवार तेजुलाल चौधरी १३ हजार १०३ मतसहित दोस्रो भए । कपिलवस्तु २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार थापा २७ हजार ६३५ मत ल्याएर निर्वाचित हुँदा कांग्रेस उम्मेदवार सुरेन्द्रराज आचार्यले २१ हजार ४८२ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बने । दाङ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पाठकले ४२ हजार ६०२ मत ल्याएर निर्वाचित हुँदा कांग्रेस उम्मेदवार योगेन्द्र चौधरी १५ हजार २८० मतसहित निकटतम प्रतिद्वन्द्वी भए ।
रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ‘प्रचण्ड’ १०,२४० मत प्राप्त गरी विजयी हुँदा एमालेका लिलामणि गौतम ३,४६२ मतसहित निकटतम प्रतिद्वन्द्वीे पाए ।
दैलेख–२ मा एमाले उम्मेदवार पोखरेल १३ हजार ८८९ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका दिक्पालकुमार शाही ९ हजार ५५२ मतसहित निकटतम प्रतिद्वन्द्वी भए ।
म्याग्दीमा स्वतन्त्र उम्मेदवार पुन २२ हजार ८५० मत ल्याएर निर्वाचित हुँदा एमाले उम्मेदवार ७ हजार ९१९ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी बने ।



