मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
पर्सि आइतबारसम्म नै वर्षा र हिमपातको सम्भावना – Pradesh Dristhi
देश

पर्सि आइतबारसम्म नै वर्षा र हिमपातको सम्भावना

काठमाण्डाै —  पर्सि आइतबारसम्म नै वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले निकालेको तीनदिने मौसमी बुलेटिनअनुसार आज मध्य र पूर्वी क्षेत्रमा बढी प्रभाव पर्नेछ । आज कोशी प्रदेशका केही ठाउँहरुमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

मधेश  लगायत बागमती, गण्डकी र लुम्बनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै ठाउँहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग साथै बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यस्तै आज राति कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै ठाउँहरुमा तथा बागमती  प्रदेशका पहाडी  र हिमाली भूभागका  एक, दुई ठाउँमा मेघगर्जन  रचट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बाँकी प्रदेशको हिमाली भूभागका थोरै ठाउँहरुमा तथा कोशी प्रदेशको तराई लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

पर्सि आइतबार देशको हिमाली भूभाग लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका केही ठाउँहरुमा तथा बाँकी प्रदेशको पहाडी भूभागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हिजो पनि मध्य र पूर्वी भेगका धेरै ठाउँमा पानी परेको थियो । मेघगर्जन र चट्याङको सम्भावना भएकाले दैनिक क्रियाकलाप गर्दा सतर्कता अपनाउन महाशाखाको आग्रह छ । पानी परेपछि प्रदूषण केही कम भएको छ, तर पुरै हट्न सकेको छैन ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker