देश
कमल थापाको आठौं चुनाव, सातौं हार

२३ फागुन, हेटौंडा । पञ्चायतदेखि बहुदल हुँदै र गणतन्त्रसम्म पटकपटक सत्ता र शक्तिको केन्द्रमा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापा निर्वाचन परिणाममा भने निरन्तर पराजित हुँदै आएका पात्र हुन् ।
२०८२ को प्रतिनिधिसभा निर्वाचनमा आठौं पटक मैदानमा उत्रिएका थापाले आफ्नो राजनीतिक जीवनमा सातौं हार बेहोरेका छन् । ३५ वर्ष बढी समय मकवानपुरलाई आफ्नो राजनीतिक कर्मभूमि बनाएका थापाले यस पटक भने गृह जिल्ला छाडेर काठमाडौं क्षेत्र नम्बर ५ रोजेका थिए । तर निर्वाचनको नतिजाले उनलाई पुन: निराश बनायो ।



