देश
भक्तपुर १ मा रास्वपाका रुकेशको अग्रता ३ हजारभन्दा धेरै, प्रेम सुवाल कमजोर

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ को पछिल्लो मतगणना विवरण सार्वजनिक भएको छ।
निर्वाचन आयोगका अनुसार सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रञ्जितले ६ हजार ६७२ मत ल्याएर अग्रता कायम राखेका छन्।
सो क्षेत्र नेपाल मजदुर किसान पार्टीको गढका रुपमा चिनिएको थियो। अहिलेसम्म नेमकिपाका प्रेम सुवालले ३ हजार ४६३ मत पाएका छन्।
रञ्जित र सुवालबीच ३ हजार २०९ मतको फरक छ। नेपाली कांग्रेसका किरण न्यौपानेको १ हजार ३२ मत पाएका छन्। मतगणना जारी छ।



