काठमाडौँ उपत्यकामा रास्वपाको ‘क्लिनस्विप’ रोक्न कांग्रेसका उदयको संघर्ष

नेपाली कांग्रेसका सहमहामन्त्री तथा ललितपुर १ का उम्मेदवार उदयशम्शेर राणाले काठमाडौँ उपत्यकाका १५ सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को क्लिनस्वीप रोक्ने सम्भावना जीवीतै राखेका छन्।
काठमाडौँका १० सिट मध्ये २ मा जीत र ८ क्षेत्रमा रास्वपाको अग्रता कायम छ। यस्तै ललितपुर १ र ३ सँगै भक्तपुरका दुबै क्षेत्रमा रास्वपाको फराकिलो अग्रता छ।
ललितपुर १ मा कांग्रेसका राणाले ३ हजार १४४ मत ल्याउँदा एमालेका चेतनाथ सञ्जालले १७ सय ५३ मत ल्याएर पछ्याइरहेका छन्।
यस्तै रास्वपाका बुद्धरत्न महर्जनले १६ सय ५२ मत पाएका छन्।
२०७९ को निर्वाचनमा कांग्रेसले काठमाडौँका १, ३, ४, ५ र १० क्षेत्र जित्दा ललितपुर १ र भक्तपुर २ जितेको थियो। एमालेले काठमाडौँ–९ र ललितपुर–२ जितेको थियो भने रास्वपाले काठमाडौँ २, ६, ७, ८ र ललितपुर ३ जितेको थियो।
भक्तपुर १ लाई नेपाल मजदुर किसान पार्टीले आफ्नो किल्लाका रुपमा लिएको थियो। ललितपुर १ बाहेक कांग्रेस, एमाले र नेमकिपा निर्वाचित सबै क्षेत्रमा रास्वपाको दबदबा देखिएको छ।



