मिति: १० बैशाख २०८३, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
विष्णु पौडेलको किल्लामा रास्वपाका सुलभको बुलडोजर: चार गुणा बढी मतले घण्टी अगाडि – Pradesh Dristhi
देश

विष्णु पौडेलको किल्लामा रास्वपाका सुलभको बुलडोजर: चार गुणा बढी मतले घण्टी अगाडि

नेकपा एमालेको अभेद्य गढ मानिने रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक भूकम्प ल्याइदिएको छ। पछिल्लो मतगणना परिणाम अनुसार रास्वपाका उम्मेदवार सुलभ खरेलले एमाले उपाध्यक्ष  नेता विष्णु पौडेललाई निकै फराकिलो मतान्तरले पछाडि पारेका छन्।

साढे १२ बजेसम्मको आधिकारिक तथ्याङ्क अनुसार खरेलले पौडेललाई चार गुणाभन्दा बढी मतले पछाडि पार्दै आफ्नो अग्रतालाई अघि बढाएका हुन्। खरेलले १३ हजार ८६९ मत प्राप्त गर्दा पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले मात्र ३ हजार १३३ मत  पाएका हुन्।

मतान्तर १० हजार नाघ्यो

रास्वपाका सुलभ खरेल र एमालेका विष्णु पौडेलबीचको मतान्तर १० हजार ७३६ पुगेको छ। यो प्रारम्भिक अग्रता मात्र नभएर बुटवलको राजनीतिमा आएको ठूलो परिवर्तनको संकेत हो। खरेलको एकल मत अन्य तीनै जना मुख्य प्रतिस्पर्धीको कुल मत जोड्दा पनि झण्डै साढे दुई गुणा बढी हुन आउँछ।

नेपाली कांग्रेसका उम्मेदवार चुन्नु पौडेल १ हजार ७७९ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ भने नेकपाका विश्वदीप पाण्डे ४०५ मतमा खुम्चिनुभएको छ।

के विष्णु पौडेलले बाँकी मतपेटिका खोल्दा पुनरागमन गर्लान्? अहिले सबैको नजर गणना स्थलतर्फ सोझिएको छ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker