मिति: १३ बैशाख २०८३, आईतवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
जिल्ला अस्पताल सल्यानमा चिकित्सक अभावले सल्यक्रिया सेवा बन्द – Pradesh Dristhi
अन्तर्राष्ट्रियताजा समाचारदेशमधेस प्रदेशमुख्य समाचारराष्ट्रिय समाचारशिक्षासूचना / प्रबिधि

जिल्ला अस्पताल सल्यानमा चिकित्सक अभावले सल्यक्रिया सेवा बन्द

४ चैत, काठमाडौं । जिल्ला अस्पताल सल्यानले जटिल अवस्थाका गर्भवती तथा सुत्केरी हुन नसकेका महिलाहरूलाई सल्यक्रिया सेवा दिँदै आएको थियो । तर, एमडीजीपी डाक्टर अभावका कारण चैत्र २८ गतेदेखि सेवा पूर्ण रूपमा बन्द भएको छ । यसको प्रत्यक्ष असर सेवाग्राहीमा परेको छ ।

जिल्ला अस्पतालमा सेवा बन्द भएपछि सल्यक्रियाका लागि आएका बिरामीहरू दाङ, सुर्खेत र नेपालगञ्ज जान बाध्य छन् । यसअघि न्यून शुल्कमा जिल्लामै उपचार पाउँदै आएका स्थानीयहरू अहिले बाहिर जानुपर्दा आर्थिक भारसमेत थपिएको छ । जटिल अवस्थामा रहेका गर्भवती महिलाहरूका लागि भने यो अवस्था अझ जोखिमपूर्ण बनेको छ ।

गर्भवती ल्याएर अस्पताल आउएकी सिद्ध कुमाख गाउँपालिका-५ की यमुना खड्काले अस्पतालमा सल्यक्रिया रोकिएको खबरले चिन्तित बनाएको बताइन । सहजै डेलिभरी नभए जिल्ला बाहिर जानुपर्छ कि भनेर आफूलाई चिन्तित बनाएको उनी बताउँछिन् । ‘बहिनीको डेलिभरीको लागि आएको, अहिलेसम्म त अवस्था ठीकै छ । बीचमा केही भए अप्रेसन गर्ने डाक्टर छैनन्’,  उनले भनिन्, ‘एकदम चिन्ता लागेको छ ।’

शारदा नगरपालिका-२ निवासी अस्मिता बस्नेतले अप्रेसन सेवा बन्द हुँदा निकै सास्ती भएको र अप्रेसनकै लागि जिल्ला बाहिर जानुपरेको बताउँदै छिटो डाक्टर उपलब्ध गराउन आग्रह गरिन् । ‘डाक्टर अभावमा जिल्ला अस्पतालमा अप्रेसन सेवा बन्द रहेछ, हामीलाई निकै समस्या भयो। अप्रेसनकै लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता आयो’,  उनले भनिन्, ‘कसरी हुन्छ, सम्बन्धित निकायले छिटो डाक्टर उपलब्ध गराइदिनुपर्‍यो ।’

जिल्ला अस्पताल सल्यानमा प्रत्येक महिना एक सयभन्दा बढी महिला सुत्केरी हुने गर्छन्, जसमा केहीलाई सल्यक्रिया आवश्यक पर्छ। तर, हाल सामान्य सुत्केरी सेवा मात्र सञ्चालनमा रहेको छ ।

जटिल अवस्था भएका तथा मिति नाघेका गर्भवतीहरूलाई जिल्ला बाहिर रेफर गरिँदै आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख अर्जुनकुमार बुढामगरले जानकारी दिए । उनका अनुसार एमडीजीपी चिकित्सकको अभावबारे संघ र प्रदेश सरकारलाई तत्कालै जानकारी गराएर माग गरिएको भए पनि अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन । ‘अहिले सामान्य सुत्केरी सेवा मात्र सञ्चालनमा छ। जटिल अवस्था भएका तथा मिति नाघेका गर्भवतीहरूलाई जिल्ला बाहिर रेफर गर्दै आएका छौं’, उनले भने ।

डाक्टर बुढाका अनुसार एमडीजीपी चिकित्सकको अभावबारे संघ र प्रदेश सरकारलाई तत्कालै जानकारी गराएर माग गरिएको भए पनि अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन । अस्पतालमा कार्यरत एमडीजीपी डा. बुद्धिनाथ साह बिरामी भएर उपचारत छन् । तालिम प्राप्त मेडिकल अफिसर एमडिमा नाम निकालेर अध्ययनमा जाँदा समस्या भएको हो ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker