मिति: १३ बैशाख २०८३, आईतवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
मातातीर्थ औंसीको शुभकामना दिंदै प्रधानमन्त्री बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु – Pradesh Dristhi
अन्तर्राष्ट्रियताजा समाचारदेशमधेस प्रदेशराष्ट्रिय समाचारशिक्षासूचना / प्रबिधि

मातातीर्थ औंसीको शुभकामना दिंदै प्रधानमन्त्री बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु

४ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले माता र मातृभूमि स्वर्गभन्दा पनि महान हुने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मातातीर्थ औंसीको अवसरमा शुभकामना दिंदै प्रधानमन्त्री शाहले भनेका छन्- माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन् ।

उनले लेखेका छन्- ‘हे जननी ! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।’

नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दै प्रधानमन्त्री शाहले आमालाई सधैं हँसाउन सकौँ भन्ने कामना गरेका छन् ।

‘जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु । आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकुन्,’ प्रधानमन्त्री शाहले लेखेका छन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker