मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
कांग्रेसले बोलायो प्रदेश सभापति र मुख्यमन्त्रीको बैठक – Pradesh Dristhi
अन्तर्राष्ट्रियताजा समाचारदेशमधेस प्रदेशशिक्षासूचना / प्रबिधि

कांग्रेसले बोलायो प्रदेश सभापति र मुख्यमन्त्रीको बैठक

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, आफ्नो दलबाट रहेका मुख्यमन्त्री, प्रदेश संसदीय दलका नेताहरूसँग छलफल गर्ने भएको छ ।

६ वैशाखमा केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि प्रदेश सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरूलाई कांग्रेसले डाकेको छ।

कांग्रेसले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई समन्वय गर्ने जिम्मेवारी तोकेको छ ।

बैठकमा कांग्रेसले नेतृत्व गरेका स्थानीय सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने शीर्ष तहका एक नेताले जानकारी दिए ।

बैठकमा गण्डकीमा मन्त्रीहरू परिवर्तन गरेको विषयमा पनि छलफल हुने बताइएको छ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रसँग परामर्श नगरी मन्त्रीहरू नियुक्त गरेका थिए।

कांग्रेस र एमालेलाई ४/४ मन्त्रालय भागबन्डा गरेर उनले बुधबार मन्त्री हेरफेर गरेका हुन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker