अन्तर्राष्ट्रियताजा समाचारदेशमधेस प्रदेशमुख्य समाचारशिक्षासूचना / प्रबिधि
संसदीय समितिका सभापतिका उम्मेदवारको मनोनयन (तस्वीरहरू)

३ वैशाख, काठमाडौं । संघीय संसद्का विभिन्न समितिका सभापतिका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मनोनयनअघि दलहरूले उम्मेदवारको विषयमा छलफल गरेका थिए ।
संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभाअन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।
गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए ।
िशेर



