अन्तर्राष्ट्रियताजा समाचारदेशमधेस प्रदेशमुख्य समाचारशिक्षासूचना / प्रबिधि
धनगढीमा गणको छतबाट खसेर प्रहरी कार्यालयका सहयोगीको मृत्यु

३ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ ।
सरसफाइ गर्ने क्रममा बिहीबार गणको मेसको माथिल्लो तला (छत) बाट खसेर कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठेगाना भएका २७ वर्षीय प्रहरी कार्यालय सहयोगी अजय चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियोे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



