Uncategorizedअन्तर्राष्ट्रियताजा समाचारमधेस प्रदेशशिक्षासूचना / प्रबिधि
सामान्य बढ्यो सुनचाँदी भाउ

३ वैशाख, काठमडौं । बिहीबार सुनचाँदीको भाउ सामान्य बढेको छ । सुनको भाउ प्रतितोला १ सय रुपैयाँ र चाँदी ३० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँ थियो ।



