मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
फ्राइडे रिलिज : देशभर विराजको फिल्म ‘राम नाम सत्य’ – Pradesh Dristhi
देश

फ्राइडे रिलिज : देशभर विराजको फिल्म ‘राम नाम सत्य’

काठमाडौँ । आज शुक्रबारबाट देशभर फिल्म ‘राम नाम सत्य’ प्रदर्शनमा आएको छ । नयाँ वर्षको अवसर पारेर देशभर यो फिल्म प्रदर्शनमा  आएको हो । आजबाटै प्रदर्शनमा आउने भनिएको ‘२६ को आकडा’ र ‘डल्लेले इन्ट्री मार्‍यो’ सरेपछि यो फिल्मले एकल प्रदर्शनकाे अवसर पाएको हो ।

सस्पेन्स, प्रेम र एक्सनले भरिएको फिल्ममा बिराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, खुशी कार्की, सुपुस्पा भट्ट, दिनेश डीसी, सुधीर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्त कुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जीसी, हेमा खड्का, दीपक कोइराला, विनुता विमली, सरोज शाह लगायतका कलाकारहरूको अभिनय छ ।

यस्तै, फिल्ममा आयुष विक्रम शाही, अधिराज चन्द, संरचना चन्द र शृङ्खला विष्ट बाल–कलाकारको रूपमा छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र स्वेता विमलीको लगानी छ । फिल्मका कार्यकारी निर्माता किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार हुन् ।

फिल्मको निर्देशन माइकल चन्दले गरेका हुन् । चन्दको यो निर्देशनमा डेब्यु फिल्म हो । काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्यूसनको वितरण रहने यो फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवाज अन्सारीको सङ्गीत छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker