मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
मदनभण्डारी राजमार्गमा पर्ने झण्डै १४ हजार रुख कटान – Pradesh Dristhi
देश

मदनभण्डारी राजमार्गमा पर्ने झण्डै १४ हजार रुख कटान

काठमाण्डौ – राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गमा पर्ने रुख कटानको काम सम्पन्न भएको छ ।

राजमार्ग योजना कार्यालय झापा दमकका अनुसार सडक विस्तारको क्षेत्रमा पर्ने सुनसरी, मोरङ, झापा र इलामका सामुदायिक तथा सरकारी वनका गरी कूल १३ हजार ८३४ रुख काटिएका हुन् ।

राजमार्ग योजना कार्यालयकी इञ्जिनियर स्वस्तिका भट्टराईले सडकको भोगाधिकारका लागि माग गरिएको ५०.८४३ हेक्टर क्षेत्रफलमा रहेका सबै रुख कटान भइसकेको जानकारी दिनुभयो ।

सबैभन्दा बढी सुनसरी जिल्लामा पाँच हजार ५००, इलाममा तीन हजार ३६६, झापामा दुई हजार ८०५ र मोरङमा दुई हजार १६३  रुख काटिएको इञ्जिनियर भट्टराईले जानकारी दिनुभयो ।

सडक रेखाङ्कनभित्र पर्ने रुख काटिएसँगै हालती रुखहरूको घाटगद्दी गर्ने र नम्बरिङ गर्ने कार्यलाई तीव्रता दिइएको छ ।

 

 

अन्तिम अपडेट: चैत २७, २०८२

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker