मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
आर्टिमिस-२ मिसन अन्तरिक्षयान पृथ्वीतर्फ फर्किंदै – Pradesh Dristhi
देश

आर्टिमिस-२ मिसन अन्तरिक्षयान पृथ्वीतर्फ फर्किंदै

काठमाण्डौ- आर्टिमिस-२ मिसन चन्द्र अभियानअन्तर्गत अन्तरिक्षयान पृथ्वीतर्फ फर्किरहेको नासाले जनाएको छ ।

सन् १९७२ पछि पहिलो पटक मानवसहितको चन्द्रमातर्फको यो ऐतिहासिक यात्रा १० दिन लामो रहेको छ । अप्रिल १ मा सफल प्रक्षेपण भएको यो मिशनमा चार जना अन्तरिक्ष यात्री सहभागी छन् । उनीहरू चन्द्रमाको परिक्रमा गरी पृथ्वीतर्फ फर्किरहेका छन् ।

अमेरिकी समय अनुसार अन्तरिक्षयानले पृथ्वीको वायुमण्डलमा झण्डै ४० हजार किलोमिटर प्रतिघण्टाको गतिमा प्रवेश गर्नेछ । वायुमण्डतर्फ आउँदै गर्दा यसको तल्लो भागले झण्डै २८ सय डिग्री सेल्सियस ताप उत्पन्न गर्ने हुँदा यो प्रक्रिया जोखिमपूर्ण मानिन्छ । अन्तरिक्ष यात्रिहरुले शून्य गुरुत्वाकर्षणपछि शरीरलाई फेरि पृथ्वी अनुकूल बनाउन विशेष पोशाक प्रयोग गरेका छन् ।

अन्तरिक्षयान अमेरिकी समय अनुसार बेलुकी ८ बजेर ७ मिनेटमा जमिनदेखि ३२ सय किलोमिटर टाढा प्रशान्त महाशागरमा अवतरण गर्नेछ । यो अवतरण नेपाली समयअनुसार भोलि बिहान ५ बजेर ५० मिनेट आसपासको समय रहेको छ ।

 

 

अन्तिम अपडेट: चैत २७, २०८२

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker