मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
संसद्को चालु अधिवेशन अन्त्य हुँदै, त्यसअघि राष्ट्रपतिले सम्बोधन गर्ने – Pradesh Dristhi
देश

संसद्को चालु अधिवेशन अन्त्य हुँदै, त्यसअघि राष्ट्रपतिले सम्बोधन गर्ने

२७ चैत, काठमाडौं । संघीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि अन्त्य हुने भएको छ । आज मध्यरात १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य हुन लागेको हो ।

चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरिसकेका छन्

चालु अधिवेशनको अन्तिम बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ ।

निर्वाचनपछिको संघीय संसद्को पहिलो बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था छ ।

२१ फागुनको निर्वाचनपछि संसदको पहिलो बैठक चैत १९ गते बसेको थियो ।

चालु अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुनेछ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker