मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक रिहा – Pradesh Dristhi
देश

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक रिहा

काठमाण्डौ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिरी जमानतमा रिहा गरेको छ ।

ओलीलाई प्रहरीले शिक्षण अस्पतालमै परिवारको जिम्मा लगाएको हो । ओली र लेखकको परिवारले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले गएको सोमबार काठमाण्डौ अदालतबाट थपिएको ५ दिन म्याद सकिएपछि हिरासतमुक्त गर्न आदेश दिएको थियो ।

ओली र लेखकलाई पछिल्लो पटक थपिएको ५ दिनको म्याद गएराति सकिएसँगै आज रिहा गरिएको हो । ओली र लेखकलाई प्रहरीले गएको १४ गते पक्राउ गरेको थियो । १३ गते बसेको मन्त्रिपरिषदको पहिलो बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरैसँगै प्रहरीले भोलिपल्ट ओली र लेखकलाई घरबाटै पक्राउ गरेको थियो ।

आयोगले उनीहरुलाई लापरबाहीपूर्ण र हेलचेक्र्याईपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारण मानवीय क्षति भएको भन्दै फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

 

अन्तिम अपडेट: चैत २६, २०८२

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker