मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
इरानी वार्ताकार पाकिस्तान प्रस्थान – Pradesh Dristhi
देश

इरानी वार्ताकार पाकिस्तान प्रस्थान

तेहरान । इरान र अमेरिकाबिच जारी युद्ध अन्त्य गर्ने उद्देश्यले इरानी प्रतिनिधिमण्डल आज पाकिस्तानतर्फ प्रस्थान गरेका छन् । पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मोग्हादामले उक्त जानकारी पुष्टि गरेका हुन् ।

उनका अनुसार वार्ता टोलीले शनिबार इस्लामवादमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ता गर्नेछ । मोग्हादामले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै वार्ता ‘इरानले प्रस्ताव गरेको १० बुँदे योजना’ मा आधारित हुने बताएका छन् । तर ती बुँदाहरू वास्तवमा के–के हुन् भन्ने विषयमा अझै स्पष्टता नभएको जनाइएको छ ।

कूटनीतिक पहललाई कमजोर बनाउन इजरायलद्वारा बारम्बार गरिएको युद्धविराम उल्लङ्घनका कारण इरानी जनमतमा शङ्का भए पनि वार्ता अगाडि बढाइने उनले बताएका छन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker