मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
राष्ट्रियसभाका चार समितिका सभापतिको शपथ – Pradesh Dristhi
देश

राष्ट्रियसभाका चार समितिका सभापतिको शपथ

काठमाण्डाै – राष्ट्रियसभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सङ्घीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उहाँहरूलाई शपथ गराउनुभएको हो ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी सभापति जयन्तीदेवी राई, विकास आर्थिक मालिमा तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले शपथ लिनुभएको हो ।

सम्बन्धित समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा हिजाे बसेका समिति बैठकमा दलहरूबीचको सहमतिका आधारमा एक/एक उम्मेदवारको प्रस्ताव परेपछि उहाँहरू निर्विरोध निर्वाचित हुनुभएको थियाे ।

 

अन्तिम अपडेट: चैत २५, २०८२

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker