मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
शाहरुखले किन छोडे रजनीकान्तको ‘जेलर २’? – Pradesh Dristhi
देश

शाहरुखले किन छोडे रजनीकान्तको ‘जेलर २’?

मुम्बई । साउथ सुपरस्टार रजनीकान्त र बलिउडका ‘बादशाह’ शाहरुख खानलाई एकैसाथ ठुलो पर्दामा हेर्ने फ्यानहरूको सपना तत्कालका लागि पुरा नहुने भएको छ । किनभने रजनीकान्तको ब्लकबस्टर फिल्म ‘जेलर’ को सिक्वेल ‘जेलर २’बाट शाहरुख बाहिरिएका छन्

मिडिया रिपोर्टका अनुसार ‘जेलर २’ का निर्माताहरूले शाहरुख खानलाई ५ दिनको सुटिङ रहने गरी एक विशेष भूमिकाका लागि प्रस्ताव गरेका थिए । सुरुमा शाहरुख यसका लागि सकारात्मक देखिएका थिए । तर, आफ्नो आगामी फिल्म ‘किङ’को तयारी र यसमा आफ्नो लुक्सलाई गोप्य राख्नका लागि उनले यो फिल्म नगर्ने निर्णय लिएका छन् ।

शाहरुख खान फिल्म ‘किङ’ मा एउटा निकै भिन्न र विशेष लुक्समा देखिँदै छन् । उनी चाहँदैनन् कि ‘किङ’ भन्दा अगाडि रिलिज हुने कुनै पनि फिल्ममा उनको त्यो लुक्स सार्वजनिक होस् ।

‘जेलर २’ को प्रदर्शन २०२५ को अगस्टमा गर्नतयारी भइरहेको छ, जबकि ‘किङ’ २०२६ को डिसेम्बरमा मात्र रिलिज हुनेछ । फिल्म छोड्ने निर्णय गरेपछि शाहरुख खानले आफैँ रजनीकान्तसँग कुराकानी गरेको बताइएको छ। उनले रजनीकान्तलाई आफ्नो अवस्थाबारे जानकारी गराउँदै भविष्यमा कुनै ठुलो प्रोजेक्टमासँगै काम गर्ने इच्छा व्यक्त गरेका छन् । शाहरुखको यो विनम्रतालाई रजनीकान्तले पनि सहजै स्वीकार गरेका हुन् ।

शाहरुख खान अहिले आफ्नो एक्सन थ्रिलर फिल्म ‘किङ’ को तयारीमा व्यस्त छन् । सिद्धार्थ आनन्दको निर्देशनमा बन्ने यस फिल्ममा शाहरुखसँगै उनकी छोरी सुहाना खानले पनि मुख्य भूमिका निर्वाह गर्दै छिन् । फिल्ममा अभिषेक बच्चन भिलेनको भूमिकामा देखिनेछन् भने दीपिका पादुकोण, अनिल कपूर, ज्याकी श्राफ र अर्शद वारसीजस्ता कलाकारहरूको पनि अभिनय रहनेछ । फिल्म २४ डिसेम्बर २०२६ मा रिलिज हुने तय भएको छ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker