मिति: १० बैशाख २०८३, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
फोटोन ईभी टोटल केयर क्याम्प : देशका प्रमुख स्थानमा गुणस्तरीय सेवा – Pradesh Dristhi
देश

फोटोन ईभी टोटल केयर क्याम्प : देशका प्रमुख स्थानमा गुणस्तरीय सेवा

काठमाडौँ । नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धी कमर्शियल भेहिकलले उत्कृष्ट ‘आफ्टर–सेल्स’ सेवा र ग्राहक हेरचाहलाई थप सुदृढ बनाउन पश्चिम र पूर्वी नेपालमा चरणबद्ध रूपमा ‘फोटोन ईभी टोटल केयर क्याम्प’ सञ्चालन गर्ने भएको छ।

यस पहलको उद्देश्य देशका प्रमुख स्थानमा सेवा सुविधा ग्राहक नजिकै पुर्‍याउँदै दीर्घकालीन विश्वास र पहुँच सुनिश्चित गर्नु हो।

अभियानअन्तर्गत फोटोनले आफ्ना विद्यमान ईभी ग्राहकलाई विशेष लाभ तथा निःशुल्क सेवामार्फत आभार व्यक्त गर्ने जनाएको छ।

क्याम्प दुई चरणमा देशका ६ स्थानमा सञ्चालन हुनेछ। पहिलो चरण चैत २२ देखि वैशाख ४ सम्म बुटवल, धनगढी, दाङ र सुर्खेतमा आयोजना हुनेछ। दोस्रो चरण वैशाख ६ देखि १७ सम्म इटहरी र बिर्तामोडमा सञ्चालन गरिनेछ। क्षेत्रगत रूपमा क्याम्प सञ्चालन हुँदा विभिन्न स्थानका ग्राहकले सहज रूपमा सेवा लिन सक्ने कम्पनीको विश्वास छ।

क्याम्पमा सहभागी ग्राहकले स्पेयर पार्ट्स, लुब्रिकेन्ट र लेबर शुल्कमा १५ प्रतिशत छुट पाउनेछन्। साथै, सवारीसाधनको निःशुल्क निरीक्षण, ‘बम्पर–टु–बम्पर’ चेकअप, निःशुल्क वासिङ र ग्रिजिङ सेवा उपलब्ध गराइनेछ। यी सेवाले सवारीको कार्यसम्पादन सुधार, मर्मत खर्च न्यून र सेवा अनुभव सहज बनाउन सहयोग पुग्ने कम्पनीले जनाएको छ।

फोटोन नेपालले देशभर १४ भन्दा बढी सेल्स तथा सर्भिस सेन्टरमार्फत आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ। एमएडब्लू वृद्धीको सहकार्यमा विकसित यस सञ्जालले ग्राहकलाई विश्वसनीय सेवा उपलब्ध गराउने कम्पनीको दाबी छ। साथै, नेपालभर १६६ भन्दा बढी CCS2 टाइप डीसी फास्ट चार्जिङ पोइन्ट विस्तार गरी ईभी प्रयोगप्रति ग्राहकको विश्वास बढाइएको जनाइएको छ।

फोटोनको विश्वव्यापी ‘टोटल केयर’ अवधारणाअनुसार प्रत्येक क्याम्पमा दक्ष प्राविधिक, जेनुइन स्पेयर पार्ट्स र पारदर्शी प्रक्रियामार्फत सेवा प्रदान गरिनेछ। एमएडब्लू वृद्धीले नेपालमा यस अवधारणालाई कार्यान्वयन गर्दै ईभी प्रयोगलाई थप सहज र भरपर्दो बनाउने लक्ष्य लिएको जनाएको छ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker