मिति: १० बैशाख २०८३, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
सरकारी अड्डाहरुलाइ पर्सा प्रशासनको आग्रह : बिचौलिया मुक्त सेवा दिनुहोस्, अन्यथा कारवाही हुन्छ – Pradesh Dristhi
देश

सरकारी अड्डाहरुलाइ पर्सा प्रशासनको आग्रह : बिचौलिया मुक्त सेवा दिनुहोस्, अन्यथा कारवाही हुन्छ

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले सरकारी अड्डाहरुलाइ बिचौलिया मुक्त सेवा दिन निर्देशन दिएको छ ।

आइतबार विज्ञप्ती जारी गर्दै प्रशासनले सरकारी अड्डाहरुको नाममा फरमान जारी गरेको हो ।

प्रशासनले विज्ञप्तीमार्फत बिचौलिया मुक्त, छिटो, सरल र सहज सेवा उपलब्ध गराउन अनुरोध गरेको हो ।

प्रशासकीय अधिकृत रेखा कुमारीले हाल प्रशासन कार्यालयबाट प्रवाह हुँदै आएका सेवाहरू नियमित रूपमा सहज ढंगले सञ्चालन भइरहेको भनेकी छन् ।

बिचौलियालाइ लक्षित गर्दै कार्यालय प्रमुख कुमारीले कार्यालय परिसरभित्र मात्र नभइ वरपर पनि यस्ता गतिविधि नगर्न चेतावनी दिएकी छन् । प्रशासनको निर्देशन विपरित गइ त्यस्ता कार्य गरेको पाइएमा निगरानी बढाएर तत्काल एक्सन लिइने उनको भनाइ छ ।

विज्ञप्तीमार्फत उनले भनेकी छन्, ‘यस कार्यालय तथा जिल्लास्थित कुनै पनि कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग तथा सहजीकरण गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल्ने कार्यमा संलग्न जो कोहीलाई पनि कानुन बमोजिम कडा कारबाही गरिनेछ।’

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker