मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
सभामुख अर्यालको पहिलो प्रतिबद्धता: निष्पक्ष भूमिका खेल्ने, सदनको मर्यादा जोगाउने – Pradesh Dristhi
देश

सभामुख अर्यालको पहिलो प्रतिबद्धता: निष्पक्ष भूमिका खेल्ने, सदनको मर्यादा जोगाउने

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसद्को गरिमा र मर्यादा कायम राख्ने गरी आफूले काम गर्ने दृढता व्यक्त गरेका छन्। सभामुख पदमा निर्वाचित भए लगत्तै सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अर्यालले संविधान र कानुनको पूर्ण पालना गर्दै अघि बढ्ने बताएका हुन्।

उनले आफू कुनै पक्ष वा विपक्षमा नलागी सदनमा निष्पक्ष भूमिका निर्वाह गर्ने र सबै सांसदहरूको आत्मसम्मानको रक्षा गर्ने स्पष्ट पारेका छन्। नवनिर्वाचित सभामुख अर्यालले आफूलाई संविधान र कानुनको राम्रो ज्ञान भएको दाबी गर्दै सदनको कारबाहीलाई विधि र पद्धतिअनुसार अघि बढाउने उल्लेख गरे।

‘मैले संविधान र कानुन राम्रोसँग अध्ययन गरेको छु, त्यसलाई पालना गरेर सबै माननीयज्यूहरूको सम्मान हुने गरी काम गर्छु,’ उनले भने। संसद्लाई मर्यादित बनाउन र सबै दलका आवाजलाई उचित स्थान दिन आफू सधैँ तत्पर रहने उनको भनाइ छ।

अर्यालले सदनको कामकारबाहीलाई चुस्त बनाउन र संसदीय अभ्यासलाई थप बलियो बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने समेत बताए। सबै राजनीतिक दल र सांसदहरूसँग समन्वय गरेर संसद्लाई प्रभावकारी थलोको रूपमा स्थापित गर्ने उनले विश्वास दिलाएका छन्

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker