मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
निर्देशन सिप्पीलाई राजेश हमालको प्रश्न : यदि ‘शोले’ असफल भएको भए के हुन्थ्यो ? – Pradesh Dristhi
देश

निर्देशन सिप्पीलाई राजेश हमालको प्रश्न : यदि ‘शोले’ असफल भएको भए के हुन्थ्यो ?

काठमाडौँ । ‘यदि शोले असफल भएको भए के हुन्थ्यो ? अभिनेता राजेश हमालले बलिउड फिल्म ‘शोले’ निर्देशक रमेश सिप्पीलाई सोधेको प्रश्न हो यो । जवाफमा सिप्पीले भने, ‘यदि ‘शोले’ असफल भएको भए म आज यहाँ यसरी तपाईँको अगाडि हुने थिइनँ ।’ सिप्पीका अनुसार ‘शोले’ले उनको करियरमा यस्तो मोड थियो, जसले उनलाई विश्वव्यापी पहिचान दिलायो े। तर, यो सफलताको यात्रा सहज भने थिएन ।

नेपाली फिल्मका अभिनेता राजेश हमाल र भारतीय चलचित्र क्षेत्रका दिग्गज निर्देशक रमेश सिप्पीबीच फिल्म ‘शोले’का विषय करिब एक घण्टा घतलाग्दा कुराकानी भयो । काठमाडौँमा जारी निफमा भएको कुराकानीमा सिप्पीले फिल्मको बजेट र निर्माण प्रक्रियाबारे जानकारी समेत दिए । उनले फिल्म निर्माण सुरुमा फिल्म १ करोडको बजेटमा बन्ने अनुमान गरिएको भएपनि निर्माणको क्रममा खर्च बढ्दै गएर ३ करोड पुगेको बताए ।

‘खराब मौसम र प्राविधिक कारणले एउटै दृश्य खिच्न मात्र २१ दिनसम्म लागेको थियो’, उनले भने ‘मेरो बुबाले ममाथि पूर्ण विश्वास गर्नुभयो, त्यसैले पनि म यति ठुलो जोखिम लिन सफल भएँ ।’

कुराकानीमा आजको ‘ब्लकबस्टर’ फिल्म ‘शोले’ रिलिजको सुरुवाती दिनमा निकै आलोचित बनेको थियो । ट्रेड पत्रिकाहरूले यसलाई ‘डिजास्टर’ (पूर्ण असफल) फिल्मको संज्ञा दिएका थिए । सोही समयमा सानो बजेटको फिल्म ‘जय सन्तोषी माँ’ ले व्यापारिक रूपमा ‘शोले’ लाई पछि पारेको थियो । तर, छैटौँ हप्तामा पुग्दा ‘शोले’ ले यस्तो गति लियो कि यसले सिनेमाको इतिहास नै बदल्यो।

निर्देशक सिप्पीका अनुसार ‘शोले’ को सुरुवाती आइडिया प्रसिद्ध लेखक जोडी सलीम–जावेदले पहिले मनमोहन देसाईलाई सुनाएका थिए । तर, देसाईले अस्वीकार गरेपछि यो कथा सिप्पी कहाँ आइपुगेको थियो।

‘मैले उनीहरूलाई वेस्टर्न शैलीको फिल्म ‘बुच क्यासिडी एन्ड द सन्डेन्स किड’ बाट प्रभावित भएर स्क्रिप्ट तयार गर्न भनेको थिएँ’, हमालसँगको कुराकानीमा उनले भने ‘बैंगलोर नजिकैका चट्टानी डाँडाहरूमा गाउँको सेट बनाएर हामीले यो काल्पनिक संसार सिर्जना गर्‍यौँ ।’ धेरै ठुला कलाकारहरूलाई एकै ठाउँमा समन्वय गर्नेबारे हमालको प्रश्नमा सिप्पीले भने, ‘प्रत्येक कलाकारको भूमिका स्पष्ट रूपमा परिभाषित भएकाले मलाई समन्वय गर्न गाह्रो भएन ।

‘शोले’ पछि टेलिभिजनमा ‘बुनियाद’ जस्तो सफल श्रृङ्खला दिएका सिप्पी अहिले पनि सक्रिय छन् । उनले मथुराको पृष्ठभूमिमा आधारित एक नयाँ प्रोजेक्टको तयारी गरिरहेको खुलासा समेत गरेका छन् । प्रविधिले कथा भन्ने शैली र भावनालाई ओझेलमा पार्न नहुने उनको भनाई छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker