मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
फेरि बढ्यो अण्डाको मूल्य, यस्तो छ नयाँ मूल्यसूची – Pradesh Dristhi
देश

फेरि बढ्यो अण्डाको मूल्य, यस्तो छ नयाँ मूल्यसूची

काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको बिक्री मूल्य फेरि बढाएको छ । संघको कार्यसमितिको पछिल्लो निर्णयअनुसार आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढाइएको हो

यसअघि चैत १६ गतेदेखि लागू भएको मूल्यको तुलनामा अहिले सबै प्रकारका अण्डामा प्रति क्रेट १५ रुपैयाँले वृद्धि भएको छ ।

अण्डाको मूल्यसँगै ढुवानी र प्याकेजिङ खर्चमा पनि वृद्धि भएको छ । चितवनबाट लोड भई देशभरका विभिन्न डिपोहरूमा पुर्याउँदा लाग्ने भाडा, कार्टुन र क्रेट बापतको थप शुल्क यसअघि १४० रुपैयाँ रहेकोमा अब ५ रुपैयाँले बढेर १४५ रुपैयाँ कायम गरिएको छ।

संघका सचिव मदन पोखरेलका अनुसार, अण्डा उत्पादक किसानहरूको गहन छलफल र कार्यसमितिको निर्णय बमोजिम यो नयाँ दररेट कार्यान्वयनमा ल्याइएको हो ।

किसानहरूको लागत मूल्य र बजारको अवस्थालाई मध्यनजर गर्दै मूल्य समायोजन गरिएको संघले जनाएको छ ।

image

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker