मिति: १० बैशाख २०८३, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
सूर्यविनायकमा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ सुरु – Pradesh Dristhi
देश

सूर्यविनायकमा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ सुरु

सूर्यविनायक नगरपालिका र नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको साझेदारीमा तथा स्वीस रेडक्रसको आर्थिक सहयोगमा सूर्यविनायक नगरपालिकामा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ लागू भएको छ।

सूर्यविनायक नरपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकको स्वास्थ्य सुधार, सामाजिक सहभागिता र बुढ्यौलीमैत्री समुदाय निर्माण गर्दै ज्येष्ठ नागरिकको संरक्षण गर्ने लक्ष्यका साथ परियोजना लागू गरेको नगरपालिकाका प्रमुख वासुदेव थापाले बताए।

परियोजनाका लागि प्रत्येक वडामा स्वयंसेवकका रुपमा छनोट भएका जनशक्तिका लागि सूर्यविनायक नगरपालिका, साहारा परियाजना र नेपाल रेड्क्रस सोसाइटीले आयोजना गरेको पाँचदिने व्यवहार परिवर्तनसम्बन्धी तालिमको आज समापन कार्यक्रममा प्रमाणपत्र वितरण गर्दै उनले यस्ताे बताएका हुन् ।

यसअघि पनि यस नगरपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई सन्तानले गाँसबाँसको व्यवस्था नगरेमा नगरपालिकाले दिने सेवाबाट बन्द गर्ने घोषणा गरेको बताउदै यस नगरपालिकाभित्र बस्ने कोही पनि ज्येष्ठ नागरिकले कुनै पनि अधिकारबाट वञ्चित हुन नदिने गरी व्यवस्था गर्दै आएको बताए ।

नगर प्रमुख थापाले भने, “नगरबासीले तिरेको करको दुरुपयोग हुन दिएका छैनौँ, यस नगरलाई बालमैत्री र ज्येष्ठ नागरिकमैत्री नगर घोषणा गर्ने लक्ष्य लिएका छौँ, यस नगरपालिकाको ९ वर्षको कार्यकालमा भौतिक संरचनाको विकास गरिसक्यौँ, अब प्रत्येक नागरिकको हातमा सीप, क्षमता विकासको अभियान सुरु गरेका छौँ ।” उनले ज्येष्ठ नागरिकको जीवनयापनमा सहजता ल्याउन नगरपालिकाले थप बजेटको व्यवस्थापन गरेर जाने बताए।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास शाखाका संयोजक रवीन्द्र सापकोटाले नगरपालिकाले यहाँको विकासलाई तीव्रगतिमा अगाडि बढाएर नौ वर्षको अन्तरालमा सम्बृद्ध नगरपालिका बनाउँदा पनि केही गरने भन्ने भाष्य फैलाइएको बताउँदै स्वयंसेवकहरुले यसलाई चिर्नुपर्ने बताए।

उनले परियोजनाका लागि वडा–वडामा पुग्दा त्यहाँको विकासका सन्दर्भ, नगरपालिकाले प्रवाह गरेको सेवा, सुविधासँगै ज्येष्ठ नागरिकको सबै अधिकार सुनिश्चितताका लागि लाग्नुपर्ने बताए। कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति परशुराम पाण्डेले ज्येष्ठ नागरिकको स्वास्थ्य, अन्य अधिकारका साथै उनीहरुको आवश्यक सेवाहरुको पहुँचमा अभिवृद्धि गर्ने र ज्येष्ठ नागरिकप्रति समाजले गर्ने व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सहारा परियोजना लागू गरेको बताए।

उनले स्वीस रेड्क्रसले परियोजना र नगरपालिकाको बराबर साझेदारीमा परियाजना लागू भएको र यसले ज्येष्ठ नागरिकको सम्पूर्ण अधिकार सुनिश्चित गर्ने बताए।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker