मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे मृत्यु – Pradesh Dristhi
देश

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे मृत्यु

हरिनगर गाउँपालिका–१ मा गएराति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीया दीपक दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

भुटहाबाट हरिनगरतर्फ गइरहेको प्रदेश०१–०२–०५७प ४८९९ नम्बरको मोटरसाइकललाई उखु लिएर आइरहेको स१ज ४९१४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय २५ वर्षीय दीपक दास र मिथुन दास गम्भीर घाइते भएका थिए । गम्भीर घाइते दीपकको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक ओलीले जानकारी दिए ।

अर्का घाइते मिथुनको विराटनगरमा उपचार भइरहेको उनले बताए । घटनाका विषयमा अनुसन्धान भइरहेको छ । ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकाले खोजी भइरहेको छ ।

 

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker