मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
आज विश्व मिर्गाैला दिवस – Pradesh Dristhi
देश

आज विश्व मिर्गाैला दिवस

काठमाण्डाै – आज विश्व मिर्गाैला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीवार यो दिवस मनाइन्छ । यो दिवसको मुख्य उद्देश्य मिर्गाैला स्वास्थ्यसम्बन्धी जनचेतना जगाउनु र यसका रोगहरूको जोखिम कम गर्नु हो ।

मिर्गाैला शरीरको निकै संवेदनशील अङ्ग हो जसको हेरचाह र प्रारम्भिक परीक्षणले रोग लाग्नबाट जोगाउन सक्छ । यो दिवसले मिर्गाैला स्वास्थ्यप्रति सचेत रहन र स्वस्थ्य जीवनशैली अपनाउन जोड दिन्छ ।

नेपालमा झन्डै ३० लाखभन्दा धेरै मानिसमा मिर्गाैलासम्बन्धी समस्या भएको अनुमान छ भने वर्षेनि ३ हजार जनाकाे मिर्गाैला फेल हुने गरेको छ । मिर्गाैला बिग्रिन सक्ने विभिन्न कारणहरू भएकाले यसको विशेष हेरचाह र सचेतना आवश्यक छ ।

मिर्गाैला रोगका लक्षणहरू नदेखिँदै यसको जोखिम बढ्न सक्ने भएकाले समयमै परीक्षण गराउनुपर्ने डाक्टरहरूको सुझाव छ । मिर्गाैला स्वस्थ्य राख्न हरेक दिन कम्तीमा तीन लिटर पानी पिउन तथा मधुमेह र उच्च रक्तचापलाई सन्तुलनमा राख्न डाक्टरहरूको सल्लाह छ ।

 

अन्तिम अपडेट: फागुन २८, २०८२

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker