दलित समुदायमाथि हिंसाका घटना बढेको भन्दै खबरदारीसहित प्रदर्शन

काठमाडौँ । दलित समुदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै दलित अधिकारकर्मी तथा युवाहरूले काठमाडौँमा खबरदारीसहित प्रदर्शन गरेका छन् ।
देशभर दलितमाथि हिंसा, बलात्कार र हत्या बढ्दै गएको भन्दै पीडितहरूको न्यायका लागि भन्दै उनीहरुले बुधवार काठमाडौँको माइतीघरमा खरदारीसहित प्रदर्शन गरेका हुन् । साथै उनीहरुले मृतकको आत्माको शान्तिका लागि दीप प्रज्वलन समेत गरेका छन् ।
प्रदर्शनमा सहभागीहरूले महिला हिंसा अन्त्य गर, बलात्कारीलाई कडा कारबाही गर, सरकार बदलियो, समाज बदलिएन, महिला शोषण विरुद्ध एक हौँ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
उनीहरुले निर्वाचनपछि दलित समुदायका व्यक्तिहरू संसदमा पुगेकाले अव दलितहरूको मुद्दालाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
साथै उनीहरुले यसअघि सडकमा बसेरसँगै आन्दोलन गरेकाहरुले संसद् र सरकारबाट दलित अधिकारका लागि गम्भीर भएर काम गर्नुपर्ने जनाएका छन्



