मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर – Pradesh Dristhi
देश

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डाै – जापान सरकारले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई १ करोड २० लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

सचिवालय र जापान सरकारबीच सार्क–जापान विशेष कोषअन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्न जापानले याे रकम प्रदान गर्न लागेको हो ।

सार्क सचिवालयका अनुसार सहयोगसम्बन्धी समझदारीपत्रमा सोमवार हस्ताक्षर भएको छ । सचिवालयमा आयोजित कार्यक्रममा सार्कका महासचिव गोलाम सरवर र नेपालका लागि जापानका राजदूत माएदा तोरुले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको सार्क सचिवालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

याे कार्यक्रमले जापान र सार्क देशबीचको मैत्री, सहकार्य तथा आपसी सम्बन्ध  सुदृढ बनाउन सहयोग पुग्ने विश्वास छ ।

 

अन्तिम अपडेट: फागुन २७, २०८२

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker