मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
रवि लामिछानेको चुनाव खर्च झन्डै १० लाख रुपैयाँ – Pradesh Dristhi
देश

रवि लामिछानेको चुनाव खर्च झन्डै १० लाख रुपैयाँ

काठमाण्डाै – गएको बिहीवार भएको प्रतिनिधिसभा सदस्य चुनावमा चितवन क्षेत्र नम्बर–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च पेश गर्नुभएको छ ।

निर्वाचन आयोगको कार्यालय चितवनमा लामिछानेले पेश गरेको चुनावी खर्च ९ लाख ८९ हजार ९८६ रुपैयाँ रहेको छ । मनोनयन दर्तामा १० हजार, नमूना मतपत्र सामाग्री छपाइमा ६८ हजार १६१, यातायात तथा इन्धन खर्च २ लाख ९५ हजार, मतदाता प्रशिक्षण तथा खाजा खर्च दुई दिनको १४ हजार २०० रुपैयाँसहित झन्डै १० लाख रुपैयाँ खर्च भएको उल्लेख छ ।

लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी हुनुभएको हो । यसअघि झापा–५ बाट विजयी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चुनाव अभियानका क्रममा १४ लाख १४ हजार ७२९ रुपैयाँ खर्च भएको विवरण पेश गरिसक्नुभएको छ ।

यसैगरी अरू केही उम्मेदवारले पनि आफ्नो चुनावी खर्च सम्बन्धित निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुभएको छ ।

 

अन्तिम अपडेट: फागुन २७, २०८२

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker