मिति: ११ बैशाख २०८३, शुक्रबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
अर्घाखाँचीमा समानुपतिक मतगणना सकियो, रास्वपा प्रथम – Pradesh Dristhi
देश

अर्घाखाँचीमा समानुपतिक मतगणना सकियो, रास्वपा प्रथम

अर्घाखाँची ।अर्घाखाँचीमा समानुपतिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम भएको छ । रास्वपाले प्रत्यक्षभन्दा चार हजार बढी बढी मत अर्थात् ३९ हजार ५८ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ ३५ हजार २३ मत प्राप्त गरेको थियो ।

दोस्रोमा नेकपा (एमाले)ले २० हजार ४५१, नेपाली कांग्रेसले १७ हजार ६५१, नेपाली कम्युनिष्ट पार्टीले तीन हजार ९७७, राष्ट्रिय जनमोर्चाले दुई हजार ३८८ र राप्रपाले ७२५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताए ।

जिल्लामा एक लाख ७१ हजार ६५२ मतदाता रहेकामा समानुपतिकतर्फ ८८ हजार ७३३ मत प्राप्त भएको थियो । जसमा दुई हजार ५७८ मत बदर भएका छन् । ८६ हजार १५५ मत सदर भएका थिए ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker