मिति: ११ बैशाख २०८३, शुक्रबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
सलमानको फिल्ममा नयनताराको इन्ट्री – Pradesh Dristhi
देश

सलमानको फिल्ममा नयनताराको इन्ट्री

नयाँ दिल्ली । ‘ब्याटल अफ गलवान’ पछि, बलिउड अभिनेता सलमान खान एउटा प्यान–इन्डियन फिल्मको हिस्सा बन्ने तयारीमा छन् । यस फिल्ममा उनी एक दक्षिण भारतीय महिला सुपरस्टारसँग स्क्रिन सेयर गर्नेछन् । ती अभिनेत्री नयनतारा हुन् ।

नयनतारा सन् २०२३ मा शाहरुख खानको फिल्म जवानबाट हिन्दी सिनेमामा प्रवेश गरेकी थिइन् । जवानले रेकर्ड तोडेर कमाई गरेको थियो । तर, त्यसपछि नयनताराले हतारमा कुनै पनि हिन्दी फिल्म साइन गरिनन् । अब भने अभिनेत्रीले सलमान खानसँग आफ्नो दोस्रो हिन्दी फिल्ममा काम गर्न लागेको खबर आइरहेको छ ।

सलमानले नयनतारासँग एक प्यान–इन्डिया फिल्ममा रोमान्स गर्नेछन् । मिड डेका अनुसार यस फिल्मलाई वाम्शी पैदिपल्लीद्वारा निर्देशित हुनेछ र दिल राजुको निर्माण कम्पनी अन्तर्गत निर्माण गरिनेछ ।

प्यान इन्डियन दर्शकहरूलाई ध्यानमा राख्दै, फिल्ममा हिन्दी र दक्षिण भारतीय सिनेमा दुवैका केही प्रसिद्ध कलाकारहरू समावेश हुने बताइएको छ । फिल्ममा सलमान र नयनताराले साइन गरिसकेका छन् । सो फिल्ममा सामन्था रुथ प्रभुलाई पनि कास्ट गर्न सकिने बताइएको छ । बाँकी कलाकारहरूको कास्टिङ भइरहेको छ ।

यो निर्देशक पैदिपल्लीको पहिलो हिन्दी फिल्म हुनेछ । सलमान यतिबेला आफ्नो आगामी फिल्म ‘ब्याटल अफ गलवान’ को छायाङ्कनमा व्यस्त छन् । यो फिल्म सकिएपछि, उनले नयनतारासँगको आफ्नो दोस्रो फिल्मको छायाङ्कन सुरु गर्ने बताइएको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker