मिति: २३ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
सुर्खेत-१ मा कांग्रेसका विष्णुबहादुर खड्का निर्वाचित – Pradesh Dristhi
देश

सुर्खेत-१ मा कांग्रेसका विष्णुबहादुर खड्का निर्वाचित

फागुन, काठमाडौं । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का विजयी भएका छन् । उनी नेकपा एमालेका उम्मेदवार ध्रुवबहादुर शाहीलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

खड्का २६ हजार ८९७ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी शाहीले १८ हजार ८९० मत पाएका छन् । सुर्खेत–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर सिंह ठकुरी १४ हजार ७२९ मतसहित तेस्रो भएका छन् ।

पाँचौं भएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार जितबहादुर रानाले दुई हजार ८२८ मत ल्याएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि हमाल ठुकरीले एक हजार ४९ मत प्राप्त गरेका छन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker