मिति: २३ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
नेपाली जनता र सरकारलाई बधाइ दिँदै मोदीले भने- ऐतिहासिक कोशेढुंगा – Pradesh Dristhi
देश

नेपाली जनता र सरकारलाई बधाइ दिँदै मोदीले भने- ऐतिहासिक कोशेढुंगा

फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो सन्देश जारी गर्दै उनले नेपालको लोकतान्त्रिक यात्रामा यसलाई एउटा ‘ऐतिहासिक कोशेढुंगा’ को संज्ञा दिएका छन् ।

प्रधानमन्त्री मोदीले लेखेका छन् , ‘नेपालमा सफलतापूर्वक र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा म त्यहाँका जनता र सरकारलाई हार्दिक बधाई दिन्छु । मेरा नेपाली दिदीबहिनी र दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकारको यति जीवन्त प्रयोग गरेको देख्दा निकै खुसी लागेको छ ।’

उनले यस उपलब्धिलाई नेपालका लागि गौरवको क्षण बताउँदै भारत एक घनिष्ठ छिमेकीका नाताले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका  छन् ।

साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइ हासिल गर्न भारत सदैव नेपालको साथमा रहने प्रतिबद्धता पनि उनले दोहोर्‍याएको छन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker