मिति: २३ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
मोरङका तीन क्षेत्रमा एमालेको जमानत जफत – Pradesh Dristhi
देश

मोरङका तीन क्षेत्रमा एमालेको जमानत जफत

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ मा नेकपा एमालेका उम्मेदवारको जमानत जफत भएको छ । अहिलेसम्म मोरङका ६ क्षेत्रमध्ये परिणाम घोषणा भएका तीन वटै क्षेत्रमा एमालेको जमानत जफत भएको हो ।

मोरङ–४ बाट रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मतसहित विजयी हुँदा क्षेत्र नम्बर ६ बाट रास्वपाकै रुविना आचार्य ५५ हजार ५१३ मतसहित र क्षेत्र नं. ५ मा सोही पार्टीका आशा झा ३० हजार ४३४ मतसहित विजयी भइन् ।

तीनवटै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रमुख प्रतिद्वन्द्वी भएका छन् । मोरङ–६ मा नेपाली कम्युनिस्ट पार्टीका ओपेन्द्र रायको जमानत जफत हुँदा एमालेका उम्मेदवारहरू मोरङ ४ का जीवन घिमिरे, ५ का मनोज अग्रवाल र ६ का विनोद ढकाल तीनै जनाको जमानत जफत भएको छ ।

जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । मोरङ–४ बाट कांग्रेसका महामन्त्रीसमेत रहेका गुरुराज घिमिरेले १२ हजार ८१८ ल्याउँदा तेस्रो हुँदा नेकपाका अमनलाल मोदीले १० हजार ७६२ मत पाए । घिमिरे र मोदीको जमानत जोगिएको छ ।

तर सोही क्षेत्रबाट एमालेका जीवनले ६ हजार ९३३ मत पाए । उनको जमानत जोगिएन । मोरङ– ४ मा ७९ हजार ७७५ मत खसेकोमा ७४ हजार ५१९ सदर भएको थियो । ५ हजार २५६ मत बदर भएको छ ।

मोरङ–६ मा कांग्रेसका डाक्टर शेखर कोइरालाले १२ हजार ८५० मत ल्याए । क्षेत्र नम्बर ६ मा कोइरालाको मात्रै जमानत जोगिएको छ । ८ हजार ३१७ मतसहित तेस्रो भएका एमालेका ढकालको जमानत जोगिएन । एमालेसँगै नेकपाका ओपेन्द्र रायसहित १५ जना उम्मेदवारको जमानत जफत भयो ।

मोरङ–६ मा ८९ हजार ८४७ मत खसेको थियो । खसेकोमध्ये ८५ हजार २३३ सदर र ४ हजार ६१६ मत बदर भएको थियो । यस्तै, ७८ हजार ५२९ मत खसेको मोरङ ५ मा ७० हजार ५६० मत सदर भएको छ भने । ७ हजार ९६९ मत बदर भएको छ । सो क्षेत्रमा कांग्रेसका फुलकुमार लालवानी ९ हजार ४१५ मतसहित निकटतम् प्रतिद्वन्द्वी भए ।

त्यस्तै जनता समाजवादी पार्टी नेपालका राजकुमार यादवले ८ हजार ७४७ मत प्राप्त गरे भने नेपाली कम्युनिस्ट पार्टीका शिवकुमार मण्डलले ८ हजार ६१४ मत पाए । उनीहरूको जमानत जोगिएको भए पनि नकपा एमालेका मनोजकुमार अग्रवालले ६ हजार ९४५ मत मात्र प्राप्त गरेकोले जमानत जोगिएन ।

अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार भई चुनाव जितेका राष्ट्रिय ऊर्जाशील पार्टीका योगेन्द्र मण्डलले ४ हजार १९९ मत पाए । उनको पनि जमानत जफत भएको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker