मिति: २३ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
चुनावी अपडेट : देशभर रास्वपा ३६ सिटमा विजयी, ६ सिट जितेको कांग्रेस दोस्रो स्थानमा – Pradesh Dristhi
Uncategorized

चुनावी अपडेट : देशभर रास्वपा ३६ सिटमा विजयी, ६ सिट जितेको कांग्रेस दोस्रो स्थानमा

काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर उल्लेखनीय अग्रता लिइरहेको छ ।

पछिल्लो अपडेट अनुसार रास्वपाले ३६ सिट जितेको छ । यसले पुराना दलहरूलाई चुनौती दिएको छ । जसमध्ये नेपाली कांग्रेस हालसम्म ६ सिटमा विजयी बन्दै दोस्रो स्थानमा खुम्चिएको छ ।

प्राप्त पछिल्लो परिणाम अनुसार कांग्रेसबाट जित हासिल गर्ने उम्मेदवारहरूमा डोटी–१ बाट भरतबहादुर खड्का १४,८९७ मतले विजय हुँदा दैलेख–१ बाट बासना थापा १२,३७२ मत, सन्तोष सुब्बा तेह्रथुम १ बाट ११,५६१ मतले विजय भएका छन् ।

यस्तै, मोहन आचार्य रसुवा १ बाट १०,६५६ मतले विजयी हुँदा योगेश गौचन थकाली मुस्ताङ १ बाट ३,३०७ मतले विजयी भए ।

यसैगरी, टेकबहादुर गुरुङ मनाङ १ बाट २,४१५ मतले विजयी भए ।

हालसम्मको मतगणनामा रास्वपाले ८४ स्थानमा अग्रता बनाएको छ । नेपाली कांग्रेसले १० स्थानमा अग्रता कायम गरेको छ भने नेकपा (एमाले)ले २ सिटमा जित हासिल गरेको छ र ९ स्थानमा अग्रता लिइरहेको छ ।

यस्तै, नेकपाले २ सिट जित्दा १० स्थानमा अग्रता कायम गरेको छ ।

विशेषगरी झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन साहले एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा करिब ३५ हजार मतले अग्रता बनाएका छन् ।

हालको निर्वाचन परिणाम अनुसार रास्वपा अहिले देशभरको राजनीतिक परिदृश्यमा बलियो पार्टीको रुपमा देखा परेको छ ।

निर्वाचन नतिजाले परम्परागत दलहरूको स्थिति चुनौतीपूर्ण बनाएको छ भने नयाँ राजनीतिक दलले जनमतमा आफ्नो प्रभुत्व कायम गरेको छ ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker