मिति: २३ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
सर्लाही–४ मा गगन थापा ३ हजार बढी मतले पछाडि – Pradesh Dristhi
देश

सर्लाही–४ मा गगन थापा ३ हजार बढी मतले पछाडि

सर्लाही । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर–४ मा मतगणना जारी रहँदा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पछि परेका छन्।

पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले ९ हजार ३७ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्।

उनलाई पछ्याउँदै कांग्रेस सभापति थापाले ५ हजार ८२८ मत ल्याएका छन्। सभापति थापा हाल सिंहभन्दा ३ हजार २ सय ९ मतले पछि छन्।

त्यस्तै, अमनिशकुमार यादव (नेकपा एमाले) ले १ हजार ४२२ मत प्राप्त गरेका छन् भने राकेश मिश्र (जनमत पार्टी) को ४६८ मत रहेको छ।

निर्वाचन अधिकृतको कार्यालयले केहीबेरअघि सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार सर्लाही–४ मा मतगणना जारी रहेको छ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker