मिति: ११ बैशाख २०८३, शुक्रबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
४० क्षेत्रको मतपरिणाम घोषणा – Pradesh Dristhi
देश

४० क्षेत्रको मतपरिणाम घोषणा

काठमाडौँ । शनिबार बिहान पौने ११ बजेसम्म ४० क्षेत्रको मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगका अनुसार रास्वपाले हालसम्म ३०  क्षेत्रमा विजय हासिल गरेको छ भने अझै ८७ क्षेत्रमा अग्रता बनाएको छ ।

यस्तै कांग्रेसले ५ स्थानमा विजय हासिल गर्दा १० स्थानमा अग्रता बनाएको छ । यस्तै एमालेले २ स्थानमा जित र १० स्थानमा अग्रता बनाएको छ । यस्तै नेकपा २ स्थानमा विजयी हुँदा ९ स्थानमा अगाडि छ ।

यसैगरी १ जना स्वतन्त्र उम्मेदवार विजयी हुँदा अन्य ६ उम्मेदवारले अग्रता बनाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको निर्वाचन भएको थियो । निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना निर्वाचित हुने व्यवस्था छ । निर्वाचनमा रास्वपाको पक्षमा लहर देखिएको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker