देश
पर्सा–१ र २ को मतगणना सुरु, वीरगञ्ज–१८ र २० तथा पर्सागढी–५ का मतपत्र गणना हुँदै

वीरगञ्ज । पर्सा जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ र २ को मतगणना सुरु गरिएको छ। मतगणना वीरगञ्जस्थित ठाकुरराम क्याम्पसमा गणना केन्द्रमा सुरु भएको हो।
निर्वाचन अधिकृतका अनुसार प्रारम्भिक चरणमा वीरगञ्ज महानगरपालिका का वडा नम्बर १८ र २० तथा पर्सागढी नगरपालिका वडा नम्बर ५ का मतपत्र गणना भइरहेको छ।
मतपेटिका ठाकुरराम क्याम्पसमा गणना केन्द्रमा पुगेपछि सर्वदलीय सहमतिमा मतगणना प्रक्रिया सुरु गरिएको जनाइएको छ। प्रारम्भिक नतिजा आउन केही समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
पर्सा जिल्लाका दुवै निर्वाचन क्षेत्रमा मतगणना प्रक्रिया निरन्तर रूपमा अगाडि बढाइने र क्रमशः अन्य वडाका मतपत्र पनि गणना गरिने जानकारी दिइएको छ।



