काठमाडौं-९ मा डिपी अर्यालको रफ्तार: घण्टीको अगाडि रूख र सूर्यको बिजोग

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डोलप्रसाद अर्याल (डिपी) ले अन्य प्रतिस्पर्धीलाई निकै पछाडि छाड्दै आफ्नो बलियो उपस्थिति देखाएका छन्।
सुरुवाती गणनादेखि नै अग्रता बनाएका अर्यालले अन्य दलका उम्मेदवारसँगको मतान्तरलाई फराकिलो बनाउँदै लागेका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार, हालसम्मको गणनामा रास्वपाका डोलप्रसाद अर्यालले १ हजार ५ सय ५० मत प्राप्त गरेका छन्।
उनलाई पछ्याइरहनुभएकी नेपाली कांग्रेसकी नानुमैयाँ बास्तोलाले २ सय ५१ मत मात्र प्राप्त गरेकी छिन्। अर्याल र बास्तोलाबीचको मतान्तर झन्डै १,३०० पुगेको छ।
काठमाडौं ९: पछिल्लो चुनावी स्कोरकार्ड
डोलप्रसाद अर्याल- १,५५०
नानुमैयाँ बास्तोला – २५१
अजयक्रान्ति शाक्य- १५१
राधाकृष्ण महर्जन- २
यस क्षेत्रमा करिब ४८ हजार मत खसेको छ। यद्यपि,आधिकारिक र अन्तिम मत संख्याको प्रमाणीकरण हुन बाँकी छ।



